वडासदस्य चेपाङको निधन

वडासदस्य चेपाङको निधन
समाचार समाज

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ का वडासदस्य खिरबहादुर चेपाङको निधन भएको छ । मङ्गलबार राति उपचारका क्रममा भरतपुर अस्पतलमा उनको निधन भएको हो ।

यही माघ २२ गते गाउँपालिका कार्यालय आएका उनी अचानक टाउको दुखेपछि दारेचोक स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गर्न गएका थिए । उनले लगातार वान्ता गर्न थालेपछि सोही दिन तत्काल गाउँपालिकाको एम्बुलेन्समार्फत भरतपुर अस्पताल पु-याइएको थियो ।

अचेत अवस्थामा अस्पताल पु¥याइएका चेपाङको भरतपुर अस्पतालको सघन कक्षामा उपचारकै क्रममा निधन भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् ।

वडासदस्य निधनको शोकमा गाउँपालिका मातहतका सबै कार्यालयमा आज सार्वजनिक बिदा गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

Post Comment