सर्वाेच्चका न्यायधीशहरुले १५ दिनको तलब कोरोना कोषलाई सहयोग गर्ने

सर्वाेच्चका न्यायधीशहरुले १५ दिनको तलब कोरोना कोषलाई सहयोग गर्ने
समाचार समाज स्वास्थ्य

काठमाडौँ, २१ चैत । सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित २० न्यायाधीशहरुले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा आफ्नो १५ दिनको तलब जम्मा गर्ने भएका छन् ।

आज बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्न आफ्नो मातहत अदालतहरु तथा न्यायाधिकरणहरुमा कार्यरत न्यायाधीशहरुलाई पनि राहत पत्र पठाउने निर्णय गरेको छ ।

अदालतमा सामान्य काम कारवाही अहिले बन्द भए पनि वैयक्तिक स्वतन्त्रता सम्बन्धी विषय र अत्यावश्यकीय सेवाहरु जस्तै, बन्दीप्रत्यक्षीकरण, अभियोगपत्र दर्ता बयान र थुनछेक, पक्राउ पुर्जी अनुमति र म्याद थप तथा महामारीसँग सम्बन्धित निवेदन, रकम तिरि कै’दबाट छुटन दिने निवेदन र बालबालिका जिम्मा दिनेसम्बन्धी निवेदनमा काम/कारबाही भने भइरहेको सर्वोच्चले जनाएको छ ।

Post Comment