हुम्लामा आरडिटी शुरु

हुम्लामा आरडिटी शुरु
समाचार समाज स्वास्थ्य

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको रानीवन क्वारेन्टाइनका २२ र अन्य क्वारेन्टाइनका तीन जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको छ । शनिबारदेखि शुरु भएको जाँचमा २५ जनाकै नेगेटिभ रिपोर्ट आएको रानीवन क्वारेन्टाइनका सूचना अधिकारी प्रजित बोहराले बताए । हालसम्म हुम्लामा बाहिरबाट भित्रिएका करीब ८७४ जनाकै आरडिटी हुने भएको छ । कर्णाली प्रदेश सरकारबाट जिल्लामा सामग्री पुगेसँगै यो जाँच गर्न शुरु गरिएको हो ।

आजदेखि कोरोना जाँचका लागि जिल्ला स्वास्थ्य सेवा कार्यालयका ल्याब टेक्निसियन बलिराज भण्डारीलाई ताँजाकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली र चंखेली गाउँपालिकातर्फ पठाउने तयारी भइरहेको सूचना अधिकारी बोहराले जानकारी दिए । उत्तरी नाम्खा गाउँपालिकाका क्वारेन्टाइनका लागि भने प्राविधिक भक्ति फडेरालाई पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा नवीन रोकायाले बताए । सो जाँच छिटो गर्नका लागि जिल्लाका सात वटै स्थानीय तहलाई सहयोगका लागि जिल्ला प्रशासन कार्यालय हुम्लाले अनुरोधसमेत गरेको छ ।

Post Comment