काठमाडौं, २ बैशाख । बालाजुमा ट्याङ्करको ठक्करबाट साइकल यात्रुको मृ’त्यु भएको छ । मंगलबार बिहान पौने १० बजे तार्केश्वर नगरपालिका डाँडागाँउको सडकखण्डमा बा २ ख ५१७७ नम्बरको पानी ट्याङ्करले साइकल यात्रुलाई ठक्कर दिएको हो ।
ठक्करबाट घाइते भएका काभ्रेका ५० वर्षीय विष्णु प्रसाद चौलागाईंलाई ग्रिन सिटी अस्पतालमा उपचारका लागि पठाइएको थियो । तर उपचारका क्रममा मृ’त्यु भएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए ।
प्रहरीले पानी ट्याङकर चालक ओखलढुङ्गाका २१ वर्षका गणेश गजमेरलाई नियन्त्रणमा लिएको छ ।