सुनसरी । सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका–१ का वडाध्यक्ष विष्णुलाल चौधरीको गए राति निधन भएको छ । लामो समयदेखि पित्तथैलीको अर्बुदरोगको आशंकामा उपचार गराइरहनुभएका चौधरीको ५५ वर्षका उमेरमा निधन भएको हो ।
उनी नेपाली काँग्रेसका तर्फबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए । काँग्रेसका पूर्व जिल्ला सदस्य उनको आज इटहरीको बूढीगंगा मुक्तिघाटमा हिन्दू परम्परानुसार दाहसंस्कार गरिएको काँग्रेसका सुनसरी सचिव केदार भण्डारीले बताए ।
काँग्रेस सुनसरीका सभापति तथा प्रदेश नं १ मा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, संघीय सांसद सीताराम मेहता, नेता मणिराम श्रेष्ठलगायतले पार्टीको झण्डा ओढाएर उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।