महोत्तरी । कोरोना भाइरसको जोखिम हुन नदिन जारी ‘लकडाउन’ मा महोत्तरीको गौशाला नगरपालिका– ४ स्थित मकैबारीमा एक पुरुषको शव फेला परेको छ ।
गौशाला नगरपालिका– ४ बस्ने अन्दाजी ४४ वर्षीय दिलीप ठाकुरको शव गौशाला बजारदेखि बिर्ता जाने बाटामा रहेको गुठीको जग्गाभन्दा दक्षिण मकैबारीमा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए । प्रहरीले शव परीक्षण गर्न जिल्ला अस्पताल जलेश्वरमा पठाएको जनाएको छ ।