रूखले थिचेर महिला र बालकको मृत्यु

रूखले थिचेर महिला र बालकको मृत्यु
समाचार समाज

हेटौंडा । आज साँझ आएको हावाहुरीका कारण मकवानपुरको राक्सिराङ गाउँपालिकामा रूखले थिचेर एक महिला र एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पनि दुई जनाको मृत्यु भएको र दुईजना घाइते भएको पुष्टि गरेका छन् ।

उनका अनुसार मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–५ का ५० वर्षीया वीरमाया प्रजा र वडा नं ३ का ६ वर्षीय आयुस मगर रहेका छन् । मृतक प्रजाको घटनास्थलमै मृत्यु भएको हो भने मगरको उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अध्यक्ष मल्लले जानकारी दिए । त्यसैगरी हावाहुरीकै कारण सरिखेतका दुईजना घाइते भएको उनले बताए ।

Post Comment