काठमाडौँ, १८ जेठ । कोरोना महामारीसंगै त्यसबाट बच्न सरकारले गरेको लकडाउनले बन्द भएका शिक्षण सस्थाहरुको पठनपाठन आगामी असार १ गतेबाट सुरु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको छ ।
आज आइतबार एक विज्ञप्ति जारी गर्दै संघ, प्रदेश तथा स्थानीय तहलाई पठनपाठन सुरु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको हो । पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठान पाठनको सहज अवस्था सिर्जना गर्न दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरेको जनाएका छन् ।
कोरोनाको संक्रमण बढ्दै गएको बेला यता बिद्यालयहरु भने अलमलमा छन ।