धादिङमा करेन्ट लागेर १ जनाको मृत्यु

धादिङमा करेन्ट लागेर १ जनाको मृत्यु
समाचार समाज

धादिङ । दक्षिणी धादिङको बेनिघाटरोराङस्थित एक घरमा काठको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

वडा नं २ जोगीडाँडाका दिलबहादुर तामाङका घरमा काठको काम गर्ने क्रममा करेन्ट लाग्दा गजुरी गाउँपालिका वडा नं २ हेपाङका ५५ वर्षीय सुकदेव खुलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

तामाङको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको छ ।

Post Comment