राष्ट्रकविको नेपाली साहित्यमा कालजयी योगदान छः मुख्यमन्त्री गुरुङ

राष्ट्रकविको नेपाली साहित्यमा कालजयी योगदान छः  मुख्यमन्त्री गुरुङ
समाचार समाज

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ भएको निधनमा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि दिएका छन् ।

गण्डकी प्रदेशको लमजुङ जिल्ला, मस्र्याङ्दी गाउँपालिकाको पुस्तुनमा विसं १९७६ असोज ७ गते घिमिरेको जन्म भएको थियो ।

आज साँझ वक्तव्य जारी गरी मुख्यमन्त्रीले उनको योगदान नेपाली साहित्यमा कालजयी भएको बताएका छन् ।

मुख्यमन्त्री गुरुङले घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार भएको जनाउँदै सन्देशमा भनेका छन्, ‘बाल्यावस्थादेखि निरन्तररुपमा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आउनुभएका बहुप्रतिभाका धनी राष्ट्रकवि घिमिरेले साहित्यका माध्यमबाट आधुनिक नेपाली जनमानसमा राष्ट्रप्रेम र प्रकृतिप्रेमको भावना जागरण गराउन प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो ।’

मुख्यमन्त्री गुरुङले दुःखका यस क्षणमा दिवङ्गत राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार एवंं आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् भने गण्डकी प्रदेश सरकारका तर्फबाट उच्च सम्मानसमेत प्रकट गरेका छन् ।

Post Comment