डा.केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प

डा.केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प
समाचार स्वास्थ्य

डडेल्धुरा– चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहेका प्राध्यापक डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिए । बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उनको भनाइ थियो ।

यस्तै उक्त सङ्घको नेतृत्वमा आज दिउँसोदेखि अपरान्हसम्म सदरमुकाम बागबजार क्षेत्रका पसल बन्द गर्ने निर्णय पनि गरिएको छ । डडेल्धुरा अस्पतालमा सत्याग्रहमा रहेका डा.केसीको समर्थनमा जिल्लामा दैनिक विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

Post Comment