काठमाडौं, २४ मङ्सिर । सामन्यतय : मानिसलाई तिर्खा लाग्ने गर्दछ, जाडो मौसममाभन्दा गर्मि मौसममा बढी तिर्खा लाग्ने गर्दछ र त्यहि अनुसार पानी पनि पिउने गरिन्छ । यदि शरीरमा पानीको कमी भयो भने रगतमा पनि पानीको कमी हुन्छ र कोशिकाले मष्तिष्कमा ‘पानी चाहियो’ भन्ने संकेत पठाउँछ । अनि हामीलाई तिर्खा लागेको अनुभूति हुन्छ । पानी पिएपछि सन्तुष्टि प्राप्त हुन्छ । पिएको पानी पेटबाट रगतसम्म पुग्न १० देखि १५ मिनेटसम्म लाग्छ । कहिलेकाहीँ त्योभन्दा बढी समय लाग्न सक्छ पानी पिएपछि मष्तिष्कले संकेत पाउँछ ।
तर कोही मानिसलाई सामान्यभन्दा बढी नै तिर्खा लाग्ने गर्छ । त्यस्ता मानिसलाई बढी तिर्खा लाग्छ जसमा ‘पोलिडिप्सिया’ नामक सिन्ड्रोम देखिन्छ । ‘पोलिडिप्सिया’ नामक सिन्ड्रोम भएका मानिसका लागि भने पानी खतरापूर्ण हुन सक्छ । यस्ता मानिसलाई अत्याधिक तिर्खा लाग्ने भएका कारण पानी पनि निकै पिउँछन् । तर त्यो पानीका कारण रगत बढी पातलो हुँदा मानिसको मृ त्यु पनि हुन सक्ने अनुसन्धानले देखाएको छ ।
यस विषयमा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताहरुले एउटा तथ्य पत्ता लगाएका छन् । शरीरले के लिइरहेको छ भन्ने कुरा मष्तिष्कले कसरी थाहा पाउछ भनेर अनुसन्धान गर्दा कोशिकाको एउटा सेटले पानी पिइरहेको सन्देश प्राप्त गर्छ भन्ने पत्ता लाग्यो । मष्तिष्कले पानीको सन्देश पाइसकेपछि बल्ल मानिसमा सन्तुष्टिको अनुभूति हुन्छ ।