काठमाडौं, ३ पुष । मृगौलाको नियमित डायलासिस गर्न प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्पतालमा पुग्नुभएको छ ।
प्रधानमन्त्रीकाे अहिले महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस भइरहेकाे छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजालमार्फत प्रधानमन्त्री ओली नियमित डायलासिसको लागि अस्पतालमा रहनुभएको जानकारी दिएका छन् ।