सुदूरपश्चिममा एक हजार क्वारेन्टाइनमा

सुदूरपश्चिममा एक हजार क्वारेन्टाइनमा
समाचार स्वास्थ्य

डडेल्धुरा । डडेल्धुरामा पछिल्लो १४ दिनका अवधिमा दुई हजार ३६४ नेपाली भारतलगायत अन्य मुलुकबाट फर्किएका छन् । स्थानीय तहहरुका अनुसार क्वारेन्टाइनमा भने अहिलेसम्म २३ जना मात्र छन् । यसअघि विभिन्न स्थानीय तहमा क्वारेन्टाइन बसेका ५२ जना सामान्य जाँच गरी घर फर्केका छन् ।

उनीहरुलाई आफू होम क्वारेन्टाइन बस्ने भनेकाले छाडिएको सम्बन्धित गाउँपालिकाले जनाएका छन् । सुदूरपश्चिम प्रदेशभरि भारतसहित तेस्रो मुलुकबाट आएका करीब एक हजारलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ । प्रदेशका विभिन्न ठाउँमा सुदूरपश्चिम सरकार, स्थानीय तह र नेपाली सेनाले स्थापना गरेका तीन हजार ६६० शय्याका क्वारेन्टाइनमा एक हजार ४०७ जनालाई राखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।

Post Comment