डोटीमा एक हजार ९ सय ९० जनाको कोरोना रिपोर्ट नेगेटिभ

डोटीमा एक हजार ९ सय ९० जनाको कोरोना रिपोर्ट नेगेटिभ
समाचार स्वास्थ्य

डोटीमा अहिलेसम्म एक हजार ९९० जनामा कोरोना परीक्षण गरिएको छ ।

कोरोना परीक्षणपश्चात् सबैको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म ३३७ पिसिआर र एक हजार ६५३ आरडिटी गरी कुल एक हजार ९९० जना स्थानीयवासीको कोरोना परीक्षण गरिएको हो ।

पिसिआर र आरडिटी परीक्षण गरिएका हालसम्मका सबै नागरिकको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा शुक्रबार पनि ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको बारे जानकारी लिन आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा १७, बडीकेदारमा तीन, जोरायल गाउँपालिकामा दुई, सायल गाउँपालिकामा १६ र शैलेश्वरी अस्पताल दिपायलमा एकजना गरी कुल ३९ जनाको आरडिटी विधिबाट कोरोनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिए । उनका अनुसार पाँच महिला र ३४ पुरुष गरी कुल ३९ जनाको कोरोना परीक्षण गरिएको हो ।

Post Comment