थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
समाचार स्वास्थ्य

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १६७ जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म नेपालमा सक्रमितको संख्या १७ हजार ३४४ पुगेको जानकारी दिए ।

उनले हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको पनि जानकारी दिए ।

Post Comment