न्याम्सको प्रवेश परीक्षा कात्तिक ९ गते हुने

न्याम्सको प्रवेश परीक्षा कात्तिक ९ गते हुने
समाचार सुचना-प्रबिधी

काठमाडौंचिकित्सा विज्ञान राष्ट्रिय  प्रतिष्ठान (न्याम्सले स्नातकोत्तर तहको एमडी÷एमएस÷एमडीएमएसको प्रवेश परीक्षा  यही  कात्तिक ९ गते सञ्चालन गर्ने भएको छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६/७७ का लागि लिइने सो तहको प्रवेश परीक्षा स्थगन गर्न न्याम्सलाई यही १ कात्तिकमा निर्देशन दिएपछि  कात्तिक २ गते सञ्चालन गर्ने भनिएको सो तहको परीक्षा स्थगन भएको थियो  

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री न्याम्सको सहकुलपति हुने प्रावधान रहेको छ न्याम्सका डीन प्रा डा पीयुष दाहालले मन्त्रालयको निर्देशनअनुसार कात्तिक ९ गते शनिबार प्रवेश परीक्षा सञ्चालन हुन लागेको जानकारी   दिए न्याम्सलाई नयाँ शैक्षिकसत्रका लागि  नेपाल मेडिकल काउन्सिलले एमडी/एमएस/एमडीएमएस ११५ र डिएम/एमसीएचतर्फ २१ सिट सङ्ख्या अध्ययन अध्यापन गर्न स्वीकृति दिएको थियो

Post Comment