आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्राष्ट्रिय कार्यशाला शुरु

आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्राष्ट्रिय कार्यशाला शुरु
समाचार सुचना-प्रबिधी

पोखरा, २४ मङ्सिर । गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स लामाचौरमा आजदेखि सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रियस्तरको कार्यशाला शुरु भएको छ । गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स तथा नेपाल अप्लाइड म्याथम्याटिक्स एण्ड इन्फरम्याटिक्स इन्टिच्युट फर रिसर्चको आयोजनामा शुरु भएको कार्यशाला आगामी पुस ४ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

वर्तमान परिप्रेक्ष्यमा शिक्षा स्वास्थ्य, कृषि, शहरीकरण, जलवायु, समाज विज्ञान, अर्थतन्त्र, सुरक्षाजस्ता क्षेत्रमा प्रविधिको प्रभाव तथा चुनौतीका विषयमा प्रभावकारी सीप विकास गर्ने कार्यशालाको मुख्य उद्देश्य रहेको छ । पोखरा विश्वविद्यालयका कार्यवाहक उपकुलपति बुद्धिराज जोशीले आज एक समारोहका बीच उद्घाटन गर्दै विश्वविद्यालयले कार्यक्रमले विद्यार्थी तथा अनुसन्धानकर्तालाई उत्पादन तथा व्यवसायिकीकरण गर्न प्रेरित गर्ने बताउनुभयो ।

कार्यक्रममा बेलायतको इम्पेरीयल कलेज, लण्डनका प्राध्यापक डा विनोद भट्टराईले सीप ज्ञानमा आधारित रहेर आसन्न आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा हुनसक्ने क्रान्तिका लागि आवश्यक युवा वैज्ञानिक तयार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सका प्राचार्य वीरेन्द्र खड्काले वर्तमान सन्दर्भमा भएगरेका अनुसन्धान तथा सीपलाई विद्यार्थी एवं समुदायसमक्ष पु¥याउन कलेजले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यशालामा नेपाललगायत भारत, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड, क्याम्बोडिया, नाइजेरिया, युगाण्डा, फ्रान्स, रुस, टर्की तथा इरानलगायतका देशबाट १५० जना स्नातक तहदेखि विद्यावारिधि तहसम्म अध्ययन गरेका तथा विभिन्न व्यावसायिक कम्पनीहरुमा कार्यरत व्यावसायिक इन्जिनियर, प्राध्यापक, अनुसन्धानकर्ता तथा वैज्ञानिकहरु सहभागी रहेका छन् ।

लिटरेचर फेस्टिवल हुने

आईएमई नेपाल लिटरेचर फेस्टिवलको आठौँ संस्करण फेवाताल किनारास्थित बाराहीघाट हुने भएको छ । बुकवर्म फाउन्डेशन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा संयुक्तरुपमा आयोजना गरिने सो फेस्टिवल यहि मङ्सिर २७ देखि ३० गतेसम्म सञ्चालन गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

एक दर्जनभन्दा बढी विदेशी लेखकसहित १० भन्दा बढी वक्ता सहभागी रहने फेस्टिवलमा ४० वटा शत्र रहने बुकवर्म फाउन्डेशनका निर्देशक अजीत बरालले जानकारी दिनुभयो । फेस्टिवलले पोखरेली साहित्य उजागर गर्न मद्दत पुग्ने ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछाने बताउनुभयो ।

Post Comment