लगानी लुम्बिनीमा, समृद्धि देशमा

लगानी लुम्बिनीमा, समृद्धि देशमा
पर्यटन समाचार

रुपन्देही, १२ पुस । जलविद्युत्मा लगानीसम्बन्धी नीति तयार नुहँदा लगानीमा अन्योल देखिएको छ । नेपाल धितोपत्र बोर्डका निर्देशक नारायणप्रसाद शर्माले १६ जलविद्युत् कम्पनीको शेयर १०० भन्दा तल झरेको जानकारी दिनुभयो ।

बुटवल उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित २०औँ संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को कार्यक्रममा उहाँले जलविद्युत् क्षेत्रमा लगानी बढाउन लगानीमैत्री नीति बनाउन आग्रह गर्नुभयो ।

‘पूँजीबजारसम्बन्धी सचेतना तथा अन्तक्र्रिया’ कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीवनप्रसाद ओझाले शेयरमा लगानी गर्न चाहनेले लगानी सुरक्षा र कारोवार सबै कुरा बुझेर मात्रै लगानी गर्नुपर्ने सुझाव दिनुभयोे ।

पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक सञ्जय कलवार जयशवालले मेलाका माध्यमबाट आर्थिक समृद्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

Post Comment