कैलाश मानसरोवर दर्शनका लागि सम्भाव्यता अध्ययन गर्न सुझाव

कैलाश मानसरोवर दर्शनका लागि सम्भाव्यता अध्ययन गर्न सुझाव
पर्यटन समाचार

सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले देशका ५५ विमानस्थलमध्ये सम्भावना भएकालाई प्राथमिकताका साथ अगाडि बढाइने बताएका छन् । सिमकोट विमानस्थलको अनुगमनका लागि यहाँ आउनुभएका मन्त्री भट्टराईले हुम्लाबाट कैलाश मानसरोवरको दर्शन गर्न अन्य सम्भाव्यता अध्ययन गर्नुपर्ने र हुम्लीको विकासका लागि गुरुयोजना बनाउन आग्रह गरे ।

मन्त्री भट्टराईले सिमकोट विमानस्थलको अनुगमन गर्नाका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्तासँग भेटघाट गरे । उनले प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामा, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, जिल्ला अध्यक्ष लालकेश जैसी, कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीलगायत नेतासँग भेटी हुम्लाको संस्कृति, प्रकृति, मोटरबाटोलगायत विषयमा जानकारी लिए ।

Post Comment