सरुको ‘मन’ मा प्रमोदको स्वर, अर्जुनको संगीत (भिडियो)

भिडियो मनोरन्जन

बुटवल । संचारकर्मीबाट गीतकारको पनि परिचय बनाउँदै गरेकी शारदा मरासिनी ‘सरु’को आधुनिक गीति संग्रह ‘मन’ सार्वजनिक भaएको छ । ‘रोजाई’ नामको गीति संग्रह सार्वजनिक भएको चार महिना नवित्दै फेरि उनको मन सार्वजनिक भएको हो ।

https://youtu.be/kAFmcXzNOss

भेटन जति सजिलो भो बाट नेपाली सुगम संगितमा प्रवेश गरेकी सरुको यो चौथो एल्वम हो । अहिलेका चर्चित संगितकार अर्जुन पोख्रेलको संगित, चर्चित गायक प्रमोद खरेलले स्वरमा सरुको शब्दमा गीति संग्रह तयार गरिएको छ । अर्घाखाँची जिल्लाको ढाकावांगमामा जन्मिएर हाल बुटवललाई कर्मथलो बनाउदै आएकी सरुको गितलाई सप्तक डिजीटल प्रालिले बजार व्यवस्थापन गरेको छ ।