२ मंसिर । साहित्यकार झमक घिमिरेको नाम नेपाली साहित्यको क्षेत्रमा निक्कै आदरका साथ लिइन्छ । उनीद्वारा लिखित आत्मकथा ‘जीवन काँडा कि फूल’ नामक कृतिले मदन पुरस्कार प्राप्त गरेपछि त झमकको चर्चा झन चुलिएको थियो । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन। खुट्टाको ३ औला मात्र चल्ने उनले तिनै ३ औलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकी छिन। १५ वर्षको उमेरदेखि साहित्य सिर्जनामा लागेकी साहित्यकार झमक घिमिरेको पुस्तक ‘जीवन काँडा कि फूल’ मा आधारित भएर निर्माण भएको चलचित्र ‘जीवन काँडा कि फूल’ को पहिलो गीत रिलिज भएको छ । ‘तिमीलाई जस्तै’ बोलको सार्वजनिक गीतमा झमकको सिंगो पीडा देखाउन खोजिएको छ । गीतमा नायिका सारिका घिमिरे झमक घिमिरेकी बहिनीको भुमिकामा देखिएकी छिन् । विनोद विष्टको लेखन र निर्देशनमा तयार भएको यो चलचित्रलाई विष्ट ब्रदर्श फिल्म प्रा.लि. र क्लासिन सिने युनिवर्स प्रा.लि.ले निर्माण गरेको हो ।
[youtube https://www.youtube.com/watch?v=VCgsyH6pCpU]चलचित्रमा साहित्यकार झमक घिमिरेको भुमिका काठमाण्डौकी रोजिता बुद्धचार्यले निर्वाहा गरेकी छिन् । चलचित्रमा झमक घिमिरेको बाल्यकालको भुमिका भने सिलगुडी भारतकी अवस्था थापाले निर्वाहा गरेकी छिन् । रिलिज मिति फाइनल नगरिएको यो चलचित्र यस बर्ष नै प्रदर्शनमा आउने तयारीमा रहेको बताइएको छ ।