विदाई भाषण गर्दै गर्दा मिशेल ओबामा बनिन् भाबुक।

अन्तर्राष्ट्रिय समाचार अमेरिका

२३ पौष। अमेरिकाकी प्रथम महिला मिशेल ओबामा शुक्रबार आफ्नो आधिकारीक भाषणमा आफ्नो विदाई सन्देश दिईरहदा निकै भाबुक बनिन्। ह्वाइट हाउसका कर्मचारिहरुलाई सम्बोधन गदै गर्दा उनले आँखा भरी पार्दै आवाज फिक्का बनाएकि थिईन्। उनका साथै त्यहाँ उपस्थित धेरै व्यक्तिहरु निकै भावुक बनेका थिए।
यहि जनवरी २० बाट राष्ट्रपति बाराक ओबामाको कार्यकाल सकिदैछ। उनी दुई कार्यकाल (आठ बर्ष) सम्म अमेरिकाका राष्ट्रपति भए। २० जनवरी २००९ मा जव उनले पहिलोपटक अमेरिकी राष्ट्रपति पदको जिम्मेवारी सम्हाले तब ओबामा अमेरिकाका पहिलो अश्वेत राष्ट्रपति बनेर अमेरिकी लोकतन्त्रको एक ऐतिहासिक ईतिहास बनाए।
मिशेलले आफ्नो विदाई सन्देशमा अमेरिकी संस्कृति र धार्मिक विविधताका सङ्केत गर्दै भनिन् “धार्मिक सांस्कृतिक तथा मानिसहरुको शरिरको छालाको रंगमा जे विविधता त्यसबाट हाम्रो पहिचानमा केहि खतरा छैन। वास्तबमा यहि विविधताले हामिलाई हाम्रो पहिचान दिने छ”।
उक्त कार्यक्रममा अगाडि बोल्दै मिशेलले भनिन् “यहाँ उपस्थित युवाहरु तपाईहरु नडराउनुहोस्, आफुलाई स्पष्ट र आफु भित्र दृढता राख्नुहोस र आफैलाई राम्रो शिक्षा प्रदान गर्नुहोस्। त्यस पछि आफ्नो शिक्षा र प्रतिज्ञा प्रयोग गरेर देश बनाउनुहोस् तर डरलाई आफ्नो पहिचान नबनाउनुहोस्।
यस पश्चात मिशेल निकै भाबुक बनिन र उनि सँगसगै उनका आँसु टिलपिलाएका आँखाहरुले भनिरहेका थिए “यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद। यहाँहरु सबैको प्रथम महिला हुनु मेरो जिन्दगीको सबैभन्दा ठूलो सम्मान थियो। मैले अपेक्षा गरेको छु की यहाँहरु सबैलाई गर्व गर्ने मौका पनि दिएको थिए भन्ने लाग्छ”। मिशेलले यसो भन्दै गर्दा त्यहाँ उपस्थित धेरैजना मानिसहरु निकै भाबुक बनेका थिए।

Post Comment