हिलारी: अब फेरि कुनैपनि निर्वाचनमा उमेदवार बन्ने छैनन !

अमेरिका

२५ पौष। नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डोनाल्ड ट्रम्पसँग हार व्यहोरेकि डेमोक्रेटिक पार्टीकी हिलारि क्लिन्टन पुन अर्को पटक चुनावी प्रक्रियामा सहभागि नहुने भएकी छन्।

डेमोक्रेटीक पार्टीसँग जोडिएका एक विश्लेषक ‘सेन्टर फर अमेरिकन प्रोग्रेस’ की अध्यक्ष नीरा टन्डनले हिजो सिएनएनसँग भनेकि छन “मलाई लाग्छ उनले अब वालबालिका र केहि त्यस्ता परिवारहरुको मद्दतका लागि काम गर्नेछिन्। पुरै जीवन यस्ता केहि मुद्दा हरु पनि छन् जसले आउने केहि वर्षहरु भित्रै उनलाई प्रभावित गर्नेछन।

उनले भनेकि छन् “मलाई लाग्दैन कि अब उनले कुनैपनि चुनाव लड्नेछिन्। टण्डनले यस बयान न्यूयोर्क टाईम्सको त्यो लेखको जवाफमा दिएकि थिईन जसमा अड्कल लगाईएको थियो कि हिलारी क्लिन्टन आफ्नो पूर्व अभियान प्रमुख एवं न्यूयोर्कका हालका मेयर बिल डिबलासियोको विरुद्ध मेयरको चुनाव लड्न सक्छिन्।

उनले भनेकि छन् क्लिन्टन यस मेयरको चुनाव वा अन्य कुनै चुनाव लड्ने छिन भन्ने मलाई लाग्दैन। नोभेम्बर ८ मा राष्ट्रपति पदमा चुनाव हारे पश्चात हिलारी कुनैपनि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्। हिलारीले त्यस बेला देखि हालसम्म केवल दुईवटा सार्वजनिक समारोहमा भाग लिएकि छन भने केहि ट्वीट गरेकिछन्। उनको कार्यलयले २० जनवरीमा ट्रम्पको सपथ ग्रहण समारोहमा उनी आफ्नो पति एवं पुर्व राष्ट्रपति विल क्लिन्टनको साथ उपस्थित हुनेछिन्।

Post Comment