रमेश श्रेष्ठ, काठ्माण्डौ । नेपाली लोक गीत र सङ्गीत सिङ्गो नेपालीको मुटुको ढुकढुकी हो । किनकि लोक गीतमा आफ्नै पाखा आफ्नै भाका अनि आफ्नै माटोको सुघन्ध पाहिन्छ । तर अचेल लोक गीत भित्र बिकृती र बिसंगतीले जरा गाडेको छ । तैपनि राम्रा कलाकारहरु यो क्षेत्रमा आउने क्रम रोकियको छैन । यही राम्रा कलाकार हरुको भिडमा उदायकी गयिका हुन ‘गोमा कटुवाल’ ।
भोजपुर जिल्ला बैकुन्ठेमा जन्मिएकी उनी यतीबेला पूर्व पश्चिम र काँठ तिनवटै क्षेत्रको गीत सङ्गीतमा ब्यस्त छिन । सानैबाट गीत सङ्गीतमा झुकाव राख्ने गोमा रेडियोमा अरुको गीत बजेको सुन्दा आफु पनि कुनै दिन यसै गरी आफ्नो स्वर रेडियोमा गुन्जाउने सपना बुन्थिन । भोजपुरमा बसेर त्यो सम्भव थिएन त्यसैले उनि आफ्नो सपना बोकेर काठमाण्डु आइन ।
काठमाण्डुमा पनि कहाँ सजिलो थियो र ? आफ्नो सपना पुरा गर्न? तर पनि हिम्मत हारिनन । एकदिन उनको चिनजान अहिले लोक गीतमा अत्यन्तै चलेको नाम रामशरन आले सङ्ग हुन पुग्यो । रामशरन आलेले उनलाई सङ्गीत क्षेत्रमा लाग्ने बाटो देखाइ दिए । उनले आफ्नो प्रथम सङ्गीतिक कोसेली रामशरण आले लगायत साथीहरु सङ्ग मिलेर बजारमा लिएर आइन त्यसपछी लगातार निक्लेका करीब २० ओटाको हाराहारीमा उनका गित बजारमा छन ।
उनी भन्छिन:- ”म जस्तो सुकै गीत पनि न्याय गरेर गाउन सक्छु” । हुन पनि उनले गायका हरेक गीतहरु कर्णप्रिय छन । अहिले पछिल्लो समयमा उनको स्वरले सजिएको यौटा पुर्बेली गीत बजारमा आयको छ । ‘बरले भुइ छुँदा,लाएनौ पिरती म कन्य हुँदा’ । पुर्बेली मौलिक भाकामा सजिएको यो गीत अहिले अत्यन्तै सफल हुँदै गएको छ । यो गीतमा उनलाई पुर्बेली गीतमा अहिले एकछत्र राज गर्न सफल गायक प्रियजन राइले साथ दिएका छन । गायिका गोमा कटुवालको साङ्गीतिक उचाइ अझै चुलिदै जाओस हार्दिक शुभकामना ।
हेर्नुहोस भिडियो:
[youtube https://www.youtube.com/watch?v=OgXlQMwsfmY]