पुस्तकका चर्चित पात्र ‘साया र अतित’को भूमिकामा टीभीसी र पेपर एडमा देखिइसकेका मोडल आशिष पिया र ‘साया’को भूमिकामा ‘रेवती’ क्षेत्रीले भुमिका निर्वाह गर्ने एक औपचारिक कार्यक्रम मार्फत जानकारी गराइएको छ ।
भरत शर्मा, सपन सरकार, इन्दु भण्डारी र मनु विकले यसमा लगानी गर्नेछन् । सुविन भट्टराइको कथा रहेको चलचित्रमा सामिप्यराज तिमिल्सिनाले पटकथा लेखेका छन् । पुष्पन प्रधानले यतिबेला भारतमा बसेर यसको संगीत तयार पारिरहेका छन् ।
कार्यक्रममा बोल्दै पटकथा लेखक सामिप्यराज तिमिल्सिनाले आफूहरुले पुस्तकको पात्र अनुसार चलचित्रको पात्र छनोट गर्न नसकेको स्विकार गरे । निर्देशक मुस्कान ढकालले पुस्तक पढ्ने दर्शकलाई निराश नबनाई उत्कृष्ट चलचित्र बनाउने बताए ।