मेयरको चुनावी एजेन्डा ‘भैँसी सुन्दरी’ प्रतियोगिता

मेयरको चुनावी एजेन्डा ‘भैँसी सुन्दरी’ प्रतियोगिता
समाचार

विभिन्न समयमा विभिन्न सुन्दरी प्रतियोगिता भइरहन्छन् । मिस नेपाल, मिसेस नेपाल, तामाङ्ग सुन्दरी, नेवार सुन्दरी, मिस टिन आदि आदि । केन्द्रमा मात्रै होइन शहरै पिच्छे सुन्दरी प्रतियोगिता भइरहँदा स्थानीय तहको चुनावमा मेयरको उम्मेदवार बन्नु भएका सुनसरी इनरुवाका राजन मेहताले भने ‘भैँसी सुन्दरी’ प्रतियोगिता आयोजना गर्ने आफ्नो घोषणा पत्रमा उल्लेख गर्नु भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट इनरुवा नगरपालिकको मेयरमा उम्मेदवारी दिएका राजनले भैँसी प्रतियोगितामा सुन्दर ठहरिएको भैँसीको धनीलाई पुरस्कार स्वारुप अर्को भैँसी दिने समेत घोषणा गर्नु भएको छ । वर्षै पिच्छे भैँसी सुन्दरी प्रतियोगिता बाहेक गाई सम्मेलन र बाख्रा सम्मेलन समेत गर्ने प्रतिबद्धता जनाउँदै अहिले मेहता मतदातासँग भोट माग्दै हिँडिरहनु भएको छ ।

‘अरुका विकास निर्माणका आश्वासन होलान्’ उज्यालोसँग कुराकानी गर्दै मेहताले भन्नु भयो ‘ विकास निर्माणसँगै भैँसी सुन्दरी प्रतियोगिता, गाई र बाख्रा सम्मेलन मेरा मुख्य एजेन्डा हो ।’ उहाँले स्पष्ट पार्नुभयो ‘इनरुवा कृषिमा आधारित नगर हो । धेरैको पेशा कृषि भएकाले किसानलाई प्रोत्साहान गर्न भैँसी सुन्दरी प्रतियोगिता, गाई सम्मेलन र बाख्रा सम्मेलनको एजेन्डा अघि सारेको हो ।’

उहाँले अघि भन्नुभयो ‘कृषिको आधुनिकिकरण र बजारिकरण नभएसम्म इनरुवाको विकास सम्भव छैन । 

Post Comment