ज्यान अमेरिकामा, मन नेपालमा भएका यी दम्पतीले ३० लाख भन्दा बढी सहयोग गरिसके

ज्यान अमेरिकामा, मन नेपालमा भएका यी दम्पतीले ३० लाख भन्दा बढी सहयोग गरिसके
अमेरिका

बिगत १७ बर्ष देखिन समाजसेवी का रुपमा चिनिदै आउनुभएका तेह्रथुम मोराहाङ्ग ६ सिक्देम का हेम बहादुर थापा हाल अमेरिका को न्युयोर्क निवासी हुन । उहाँले नेपालका विभिन्न ठाँऊमा रहेका गरिब दु:खि अनाथ असाहाय हरुलाइ पटकपटक गरेर हालसम्म लगभग ३० लाख रुपैयाँ भन्दा माथि सहयोग गरिसक्नुभएको छ ।

तेह्रथुम मोराहाङ्ग २ का कान्छा सुब्बाको छोरा लाई उपचारका लागि रु•१०हजार सहयोग तेह्रथुम मोराहाङ्ग ६ का १० घर दलित परिवारका प्रत्येक घरका १ जनालाई साउदी, कतार जानका लागि प्रत्येक ब्यक्ति रु•३० हजार का दरले सहयोग, भुकम्पपिडित हरुलाइ अमेरिकामा सहयोग उठाउने कौशिला दाहाल मार्फत १००० हजार अमेरिकिन डलर उहाँ मार्फत न‌ै नेपाली ५ लाख, काठमाडौंमा बच्चालाई सहयोग बालआश्रम लाई मेनुका रोका र श्रीजना रोका मार्फत रु•४०हजार, काठमाडौंमा बच्चालाई सहयोग चिल्ड्रन सेफलाइ पोखरामा मृगौला पिडितलाइ सहयोग, रु•५०हजार अम्बिका साहा मार्फत काठमाडौंमा पुजा गुरुङको बुबा मुटुरोगी लाई सहयोग, रु•३०हजार दुर्गा गुरुङ उहाँको भाइ मार्फत काठमाडौंमा रमा देवी पान्डेलाइ सहयोग, रु• २० हजार सिधा कुरा जनता सँग मार्फत उहाँको पिडाको समचार हेरेपछि सिधा कुरा जनता सँग मार्फत नै पर्साको एक दलित प्रा बि लाई रु•३ लाख सहयोग , सिधा कुरा जनता सँग मार्फत शर्मा लाई सहयोग , रु• ५० हजार सिधा कुरा जनता सँग मार्फत श्रमण कुमार लाई काठमाडौंमा लक्ष्मि बस्नेत बहिनि लाई बोर्डिङ स्कुलमा सहयोग, रु•६० हजार सहयोग अमेरिका मा मृगौला पिडित लाई १०१ डलर सहयोग अर्को मृगौला पिडित लाई अमेरिका मा १००१ डलर सहयोग, मन्दिर बनाउन अमेरिका मा ५०० अमेरिकन डलर सहयोग ।

उनी भन्छन – आजभोलि नै अर्को सहयोग गर्दैछु काठमाडौंमा मृगौला फेल भएर छोरीले बाबुलाई छोरीले मृगौला दिएको परिवारलाई रु•५०हजार , सिधा कुरा जनता सँग को समचार हेरेपछि यस्तै भोलिका दिनमा मैले गर्ने सहयोग हरुमा नेपालमा १ बृद्धाआश्रम र १ बाल आश्रम खोल्ने छु नेपालका अती गरिब परिवार तथा भुकम्प पिडित हरुलाई २५ देखिन ५० वटासम्म घर बनाइदिनेछु मैले पहिला पढेको स्कुल तेह्रथुम मोराहाङ्ग सिक्देममा रहेको एक निमावि स्कुललाई रु•३लाख र तेह्रथुम कै मोराहाङ्ग २ मा रहेको गौखुरि उच्च माविमा रु•५ लाख सहयोग २/३ महिना भित्रमा गर्दैछु ।

(यो लेख थापा संगको प्रत्यक्ष टेलिफोन सम्पर्कमा छत्र लकाइ खड्काले मलेसियामा तयार गरेका हुन)

Post Comment