साउदी जेलमा फसेका कुमार राना बचाउन बरिष्ठ समाजसेवी हेम थापा/माया थापाले गरे दुई लाख रुपैयाँ सहयोग

साउदी जेलमा फसेका कुमार राना बचाउन बरिष्ठ समाजसेवी हेम थापा/माया थापाले गरे दुई लाख रुपैयाँ सहयोग
समाचार

महेश नेपाल, काठ्माण्डौ । पटक पटक गरि एक करोड भन्दा बढी रकम समाज सेवामा खर्छ गरिसकेका वरिष्ठ समाजसेवी हेम थापा र माया थापा दम्पतीले गोरखा जिल्ला घर भई लामो समय अगाडि देखी साउदीको जेलमा कैदी जीवन बिताईरहेका कुमार रानालाई नेपाल फर्काउन नगद २ लाख रुपैया सहयोग गरेका छ्न । सडक दुर्घटनमा साउदी नागरिक घाईते भएको केशमा उनी जेलमा छन । उनले गडी चलाउने साहुले घाईते साउदी नागरिकको उपचार खर्च नबेहोरेपछी सहमती भैसकेको केश डेड बर्ष पछी बिउँतिएको थियो । कुमार रानाकुमार रानालाई सकुशल नेपाल फर्काउन दुई लाख चौरानब्बे हजार साउदी रियलको खाँचो रहेको उनकी श्रीमती अम्बिका राना मगरले बताईन । रानालाई दुई लाख सहयोग गर्ने थापा दम्पती हाल अमेरिकाको न्युयोर्कमा बस्दै आईरहेका छन र स्थाई घर तेह्रथुम जिल्ला मोराहाङ्ग ९ सिकिदेम हो ।

रकम ट्रान्सफर गरिएको बिल (१)
रकम ट्रान्सफर गरिएको बिल (२)

बिहिबार कुमार रानाकी श्रीमती र उनलाई नेपाल ल्याउने अभियानका संयोजकको माताहतमा काठ्माण्डौमा रकम हस्तान्तरण गरिएको हो । साथै थापा दम्पत्तीले दुबै मृगौला फेल भएका रौतहटका नन्दकिशोर यादवलाई उपचारका लागी रु.२० हजार सहयोग गरेका छन । यि रकम एबीसी टेलिभिजनको लोकप्रीय कार्यक्रम इन्द्रेणी मार्फत सहयोग गरिएको हो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा हेम थापाको प्रतिनिधित्व गर्दै छ्त्र लकाई खड्का उपस्थीत भै कार्यक्रम सञ्चालक कृष्ण कँडेललाई रकम हस्तान्तरण गरेका थिए। थापा दम्पतीले कार्यक्रम ईन्द्रेणी सञ्चालन गर्न सहयोग स्वरुप १० हजार समेत सहयोग गरेको हेम थापाले बताए । यस अघि पनि साउदी जेलमा झुटो आरोपमा फसेका प्रेम राई बचाउन थापा दम्पतीले नगद रु ५ लाख सहयोग गरिसकेका छन।

हरेक नेपालीको पीडा आफ्नै जस्तो लाग्छ भनेर बताउने हेम थापा, माया थापा दम्पतीको सहयोगी भावनाको प्राय हरेक नेपालीले मुक्त कण्ठले प्रशंसा गर्न थालेका छन । दैनिक जसो फेसबुकमा नया नया ब्यक्तीहरुको मेसेज आउंछ र प्रशंसा गर्नुहुन्छ थापा बताउछन । आखीर मरेर जाने चोला हो, मरेर जाँदा केही लाने हैन । बाँचुन्जेल आफुले सकेको दु:खी गरीबलाई सहयोग गर्न सके ती असहाय दु:खी, पिडितको आत्माले धन्यबाद दिन्छ, आशीर्वाद दिन्छ । त्यो भन्दा ठूलो आत्मसन्तुष्टी के छ र ? उनी प्रतीप्रश्न गर्छन । थापा दम्पतीले छिटैनै थापा फाउन्डेसन समेत खोल्ने र त्यसै मार्फत सहयोगलाई निरन्तरता दिने कुरा हामीलाई बताए ।

Post Comment