सरकारको पहिलो काम संविधान कार्यान्वयन : प्रदीप पौडेल

समाचार

pph

काठमाडौं, भदौ १२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारको पहिलो काम संविधान कार्यान्वयन गराउनु भएको बताएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौं शाखाले शनिबार युनियनका केन्द्रीय सचिव स्वर्गीय सूर्यकुमार क्षेत्रीका छोराको शिक्षाका लागि स्थापना गरेको अक्षयकोष स्थापना कार्यक्रममा नेता पौडेलले सरकारले २०७४ साल माघ ७ भित्र स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन गराउनुपर्ने बताए । .

उनले मुलुकमा सुशासन कायम गर्न पत्रकारिता क्षेत्रको सबैभन्दा ठूलो योगदान हुने भन्दै पत्रकाहरुको पेशागत तथा भौतिक सुरक्षामा राज्यले विशेष नीति बनाउनुपर्ने र त्यसका लागि आफूले सरोकारवालाहरुसँग छलफल गरेर पहलकदमी लिने बताए ।

कार्यक्रममा नेता पौडेल र उनकी धर्मपत्नी एन्जीला न्यौपानेले आफ्नो विवाह खर्च कटाएर बचाएको एक लाख रुपैयाँ अक्षयकोषमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका सल्लाहकार शिव लम्साल, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, कोषाध्यक्ष सरोज अधिकारीलगायतले पत्रकारहरुको स्वास्थ्य उपचार कोष स्थापनाका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।