भुजेल संस्कृतीमा आधारित पहिलो फिल्म नि प्हुंगालको ‘कोही भन्छन् किन मलाई अप्सरा जस्ती” बोलको गितको भिडियो सार्वजनिक भएको छ ।
गितमा नायिकाद्धय पुजा भुजेल र मिनु भुजेल फिचरिङ छन् । पवित्रा गुरुङ कोरियोग्राफर हुन् ।
स्मृति शाहीको आवाजमा रहेको उक्त गितलाई कमल भुजेलले लेखेका हुन् । गितमा कृष्ण कुमार गुरुङको संगित रहेको छ ।
भुजेल समाज सेवा केन्द्रिय समिती र भुजेल फिल्म एशोसियसनले संयुक्त रुपमा फिल्म निर्माण गरेका हुन् ।
फिल्ममा प्रकाश गुरुङ काशको छायांकन , ज्ञानु भुजेल र सोम गुरुङको सहायक निर्देशन रहेको छ ।
कृष्ण कुमार गुरुङ फिल्मका निर्देशक हुन् ।
[youtube https://www.youtube.com/watch?v=uHllxhOFJZM]