अमेरिकामा नेपालीभाषी भुटानी महिलाहरुको तीज

समाचार

नेपालीभाषी भुटानी महिलाहरुले टम्म भरिएको कोलोराडोको स्पिरिट होम कियर र डे कियर संस्थाको हल बाहिर गाडीले भरिरहेको चौर, राता सारी, छड्के तिलहरी अनि अन्य गहनापातले ढपक्कै ढाकिएर धेरै मेहनत गरि सिंगारिएर खुसी साथ बसिरहेका महिलाहरु देखिन्थियो । महिलाहरु मात्र नभएर उनीहरुलाई साथ दिनको लागि नेपालीभाषी भुटानी समाजसेवीहरु नाराण उप्रेती, मोति सिवाकोटी, शंकर गुरुङ, तिलक खड्का, रघु धौराली, गोविन्द गौतमलागयतहरु पनि तम्तयार साथ बसिरहेका थिए । त्यहाँ उपस्थित सबैको मुहार हँसिलो नै थियो । दुख भन्ने कुरा भुलेर सबै जना खुसी साट्न एक स्थानमा भेला भए जस्तो देखिन्थ्यो । त्यहाँ रहेका समाजसेवीहरु कार्यक्रमलाई सहजीकरण गर्न खोजिरहेका थिए ।

महिलाहरु पनि आफ्नै माइतीहरु झैँ गरि उनीहरुलाई साथ दिइरहेका थिए । जब नाराण उप्रेतीले कार्यक्रम सुरु भएको सबैमा जानकारी गराए तब सबै जनाको ध्यान कार्यक्रमतर्फ मोडियो । कार्यक्रम थियो ऋषि पंचमी पूजा ! प्रवासमा रहेर समेत नेपाली भाषी भुटानीहरुले नेपाली धर्म, संस्कृति र परम्पराको प्रवर्द्धन गरिरहेको यस प्रकारको कार्यक्रमबाट राम्रो तरिकाले बुझिन्छ । राष्ट्रसंघिय पुनर्वास कार्यक्रम अन्तरगत अमेरिकाको कोलोराडो पुगेका नेपालीभाषी भुटानी महिलाहरुले धुमधामसंग पुजामा सहभागी भइ तीजको गीतहरुमा ढल्की ढल्की नाच्न थाले, गाउँन थाले पछी कार्यक्रम आयोजकलाई हम्मे नै पर्यो एकछिन त ।

Hari-Talika-Teej

कोलोराडो स्पिरिट होम कियर र डे कियर संस्थाको आयोजनामा सेप्टेम्बर ६ तारिख कोलोराडोमा आयोजित कार्यक्रममा यी झलकहरु देखियो । सो कार्यक्रममा महिलाहरुले विभिन्न तीजको गीतमा नृत्य प्रस्तुत गरेका थिए । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् । सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका गर्दछन् । अहिले संसार भर रहेका नेपाली महिलाहरुले तीजलाई विशेष कार्यक्रमको आयोजना गर्दै भव्य तरिका मनाउदै आइरहेका छन् ।

त्यसैगरी उता मैरिक एडल्ट्स डेकिएर ले पनि आज तीज विशेष कार्यक्रम आयोजना गरेको छ संस्थाकै सभाहलमा आयोजित कार्यक्रम करिब ४ सय जना मानिसहरु सहभागी भएका थिए कार्यक्रममा भजन कृतन अनि तीजको विभिन्न गीत विभिन्न समूहका महिलाहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Hari-Talika-Teej1