च्याम्पियन्स लिग : नापोलीलाई जिताएका प्रशिक्षकलाई किन गरियो बर्खास्त? यस्तो रहेछ खास कारण

च्याम्पियन्स लिग : नापोलीलाई जिताएका प्रशिक्षकलाई किन गरियो बर्खास्त? यस्तो रहेछ खास कारण
खेल समाचार

काठमाडौं, २५ मंसिर । नापोलीलाई च्याम्पियन्स लिगको नकआउट चरण प्रवेश गरेको ३ घण्टा बित्न नपाउँदै क्लबका प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई बर्खास्त गरिएको छ ।

च्यामपियन्स लिगमा गएराति बेल्जियन क्लब जेन्कालाई ४–० ले पराजित गर्दै नापोली नकआउट चरणमा प्रवेश गरेको थियो ।

तर, लिगमा यस सिजन नापोलीले खराब प्रदर्शन गरिरहेको छ । गत महिना नापोलीका खेलाडी र प्रशिक्षकले क्लबको अध्यक्ष अरुरेलिलो डे लाउरेनटिससँग मत भिन्नता राखेका थिए । लाउरेनटिससले खेलाडीलाई एक हप्ता लामो ट्रेनिङ क्याम्पमा जान निर्देशन दिएका थिए । तर प्रशिक्षक र खेलाडी घर फर्किएका थिए ।

सन् २००९–१९ मा चेल्सीबाट प्रिमियर लिग र एफए कप जितेका एन्सेलोट्टीको नाम अहिले आर्सनल र एभरटनसँग जोडिएको छ । दुवै क्लबले प्रशिक्षक बर्खास्त गरेका थिए भने अहिले अन्तरिम प्रशिक्षकले काम चलाइरहेका छन् ।

यस्तै, एसी मिलानले बर्खास्त गरेका गेनारो गटुसोको नाम नापोलीको प्रशिक्षकको रूपमा चर्चा भइरहेको छ ।

Post Comment