राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको अपिल

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको अपिल
राजनीति समाचार

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ को जोखिमबाट जोगिन सबैलाई उच्च सजकता र सतर्कता अपनाउन अपिल गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले सरकारको निर्देशन, आचारसंहिता, सावधानीका उपाय र आह्वानलाई परिपालना गरी रोगबाट सुरक्षित रहन तथा परिवार र समाजलाई सुरक्षित राख्न सम्पूर्णमा अनुरोध गरेका छन् । अध्यक्ष तिमिल्सिनाले सन्देशमा भनेका छन्, ‘कोभिड–१९ को महामारीविरुद्ध सम्पूर्णरुपले जुध्न आम नेपाली नागरिक तथा सम्पूर्ण विश्व समुदायलाई उच्च सतर्कताका साथ एकजुट हुन आह्वान गर्दछु ।’

विश्वका बिभिन्न मुलुकमा कोभिड–१९ को सङ्क्रमणबाट निधन भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उहाँले शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् । कोभिड–१९ बाट सङ्क्रमित विश्वभरका सम्पूर्ण नागरिकमा शीघ्र स्वास्थ्य लाभको कामना पनि उनले गरेका छन् ।

Post Comment