तीन फरार पक्राउ

तीन फरार पक्राउ
समाचार समाज

भक्तपुर जिल्ला अदालतले सजाय एवं जरिवाना फैसला गरेपछि फरार भएका तीन अभियुक्तलाई आज पक्राउ गरी कारागार चलान गरिएको छ ।

पक्राउ पर्नेमा लागुऔषध २०७४ साल असार २६ गते दुईवर्ष कैद र एकलाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार भएका अभियुक्त सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका–९ भोटसिपा घर भई हाल सूर्यविनायक नगरपालिका–५ बस्ने ४० वर्षीय धन भन्ने दीपक श्रेष्ठलाई तीन वर्षपछि आज पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

त्यसैगरी श्रीदेवी धवाको जाहेरीको चोरी मुद्दामा २०७२ साल माघ १७ गते दुई दिन कैद र रु २० हजार जरिवाना फैसला भएपछि फरार रहेका सूर्यविनायक बाराही स्थान बस्ने २७ वर्षीय सुरेश देशेमरुलाई चार वर्ष ६ महिनापछि पक्राउ गरेको छ ।

शम्भुकुमार थापाको सवारी अङ्गभङ्ग मुद्दामा जिल्ला अदालतबाट २०७५ जेठ ३ गते रु १० हजार जरिवाना फैसला भएका सूर्यविनायक–५ कटुञ्जे बस्ने २० वर्षीय सुजन मनसुर कसपाललाई दुई वर्षपछि प्रहरीले पक्राउ गरेको गिरीले जानकारी दिए ।

पक्राउ परेकामध्ये लागुऔषध मुद्दाका श्रेष्ठ, चोरी मुद्दाका देशेमरुलाई अदालतको आदेशानुसार आजै केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा काठमाडौँ चलान गरिएको र सवारी अङ्गभङ्ग मुद्दाका कसपाललाई जरिवाना रकम तिराएर छाडिएको प्रनाउ गिरीले जानकारी दिए ।

Post Comment