माओवादीप्रति कटवालको आक्रोश

समाचार

काठमाडौं, ४ कात्तिक– पूर्व प्रधानसेनापति रुक्कमांगत कटवालले दस वर्षअघिसम्मका आतंककारीले अहिले आएर आतंकवाद, उग्रवाद हुनु हुँदैन भनेर उपदेश दिन थालेको भन्दै माओवादी नेतृत्वप्रति कटाक्ष गरेका छन् ।

general-rookmangud-katawal

माओवादीद्वार हत्या गरिएका ओखलढुंगाका शिक्षक गुरुप्रसाद लुइँटेलको स्मृतिसभामा बुधबार बोल्दै माओवादीको नामै नलिई कटवालले भने, ‘त्यसबेलाका आतंककारी जसले मुक्तिनाथ अधिकारीदेखि गुरुप्रसाद लुइँटेलजस्ता हजारौंलाई हत्या गरे, आज उहाँहरु भन्नुहुन्छ, आतंकवाद, उग्रवाद हुनुहुँदैन ।’ उनले लोकतन्त्रले ल्याएको सबैभन्दा ठूलो उपलब्धी पनि यही भएको भन्दै ब्यंग्यसमेत गरे ।

Post Comment