सिरहासहित पूर्वी तराईमा जाडो बढ्यो

समाचार

सिरहासहित तराईको पूर्वी क्षेत्रमा अप्रत्याशित रुपमा बाक्लो कुहिरो लाग्न थालेपछि जाडो बढेको छ । जाडोले कामदार वर्ग बढी मर्कामा परेका छन् ।

जाडो अत्यधिक बढेपछि जनजीवन नराम्ररी प्रभावित बनेको छ । बिहानैदेखि प्रायः दिनभर मौसम प्रतिकूल भएपछि बजारमा मानिसको चहलपहल घटेको छ ।बजारमा रिक्सा चलाउने ठाउँठाउँमा आगो (घुरा) बालेर दिन बिताउने गरेको देखिन्छ ।बजारमा बाक्लो लुगाको बिक्री भने ह्वात्तै बढेको छ । लहानस्थित पशुपति आदर्श उच्च मावि अगाडि थापिएका खुद्रा पसलमा बाक्लो लुगा खरिद गर्नेको घुइँचो देखिन्छ ।

चिसो थाम्न नसकेर बाक्लो सुरुवाल किन्नुपरेको लहान नपा–८ का रुपेश यादवले बताउनुभयो ।कुहिरोका कारण तरकारीखेती पनि प्रभावित भएको किसानहरू बताउँछन् । बाक्लो कुहिरोले आकाश ढाकिएका कारण आलुखेती सखाप हुने सम्भावना बढेको छ । रासस

Post Comment