यु–१९ एसिया कपः श्रीलंकाले बनायो १३० रन, नेपालले लियो ३ विकेट।

खेल

मंसिर ३०। उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले अहिले आयोजक श्रीलंकासँग खेलिरहेको छ। कोलम्बोमा घरेलु टोलीले ब्याटिङ गरिरहेको छ। श्रीलंकाले ३०औं ओभरमा एक सय रन पुरा गरेको छ।
नेपालका कमलसिंह ऐरी, दिपेन्द्रसिंह ऐरी र पवन सराफले एक एक विकेट लिएका हुन्। नेपाल सन्दिप लामिछानेको कप्तानीमा खेलेलिरहेको छ। नेपाल रहेको समुह ‘ए’ मा आयोजक श्रीलंकासहित भारत र मलेसिया छन्। समुह ‘बी’ मा अफगानस्तान, बंगलादेश, सिंगापुर र पाकिस्तान छन्। नेपाली टोलीको बलिङ, ब्याटिङ र फिल्डिङको सन्तुलन मिलेकाले यसपटक टोली जितबिहिन नहुने कप्तान र प्रशिक्षकले बताएका छन्। पछिल्लो पटक सन् २००० को १९ वर्षमुनिको विश्वकपको सुपर एटमा नेपाली टोली श्रीलंकासँम्ग ९ विकेटले पराजित भएको थियो।

Post Comment