अभिनेत्री जेनिफरको नग्न तस्बिर सार्वजनिक गर्नेलाई यस्तो सजाय

अमेरिका

१३ कार्तिक । अमेरिकाको एक अदालतले इमेल तथा समामाजीक संजाल ह्याक गर्दै नग्न तस्बिर तथा भिडियो सार्वजनीक गरेको भन्दै एक युवकलाई १८ महिनाको जेल सजाय सुनाएको छ।

अमेरिकी युवक रेयान कालिङसलाई विभिन्न नाम चलेका ६ सय भन्दा बढी मानिसको इमेल तथा सामाजीक संजाल ह्याक गरेको र उनीहरुको नग्न तस्बिर सार्वजनिक गरेको भन्दै १८ महिनाको जेल सजाय सुनाइएको हो।

उनले सन् २०१४ मा अभिनेत्री जेनिफर लरेन्सको केहि निजी तस्बिर सार्वजनीक गर्दिएपछि उनीविरुद्ध उजुरी परेको थियो। यस क्रममा उनले ५० आइक्लाउड एकाउन्ट र ७२ जिमेल एकाउन्ट ह्याक गरेका थिए।

Post Comment