कोलोराडोमा नेपाल संवत ११३७ शुभकामना कार्यक्रम सम्पन्न

अमेरिका

कोलोराडो नेवाः खलः ले नेपाल संवत ११३७ शुभकामना आदान प्रदानको कार्यक्रम लङमन्ट को एभरेस्ट रेस्टुरन्ट मा सम्पन्न भयो ।

न्हु दँ ११३७ कार्यक्रमका प्रमुख अतिथि नारायण श्रेष्ठ र सभापतित्व गर्नु भएका प्रेम काजी श्रेष्ठले पानस र सुकुन्दामा बत्ति बालि कार्यक्रमको शुभ आराम्भा गर्नु भएका थियो ।

हरिकुमार श्रेष्ठले स्वागत मन्तब्यका साथ नेपाल संबतको गणना चन्द्रमाको गतिको आधारमा नेपाल संवतको सुरुवात भएको र नेपाल संवतको आधारमा नेवाः समाज तथा अरु केहि समुदायले अहिलेसम्म प्रयोगमा रहेको कुरा राख्नुभएका थिए ।  न्हु दँ ११३७ नेपाल संवत कसरी सुरु भयो र यसका किम्वदन्तिको बारे मा विश्व भक्त श्रेष्ठले नँया पिढीलाई यसको महत्वको बारेमा बिस्तृत जानकारी दिनु भएका थियो भने संगै शंखधर साख्वाको बारे प्रकाश पार्नु भएका थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथिले आफुलाईलाई नेवाः भाषा न आएपनि सस्कार र सस्कृतिलाई सधै मनन् गर्दै आइराखेको र नेवाः भाषा सिकाउने राम्रो गुरु भएको खण्डमा नेवाः भाषा सिक्न इच्छा प्रकट गर्नु भएका थिए ।

कार्यक्रममा राई समाजबाट आकाश राई, संखुवासभा समाज अमेरिकाबाट शान्ति श्रेष्ठ, नेपाली घरबाट नाती बाबु भट्टले सहभागी जनाउनु भएको थियो ।

न्हु दँ को दिन मा नेवाः समुदायमा म्हपुजा गर्ने परम्परा छ| म्हपुजा गर्नुको महत्व भनेको मानवमा इश्वरीय वास हुने र मानव आफै भित्र भएका ईश्वरलाई पुजा गर्नें दिनको रुपमा लिइन्छ ।

कोलोराडो नेवाः खलः ले अब आउने वर्ष देखि धरै भन्दा धरै कोलोराडोका नेवाः र नेपाली समुदयमालाई संलग्न गरि कार्यक्रम गर्नु पर्ने सुझाव आएका थिए ।

nepal-sambat-1137-10002

nepal-sambat-1137-10001

nepal-sambat-1137-10006

nepal-sambat-1137-10005

nepal-sambat-1137-10004

nepal-sambat-1137-10003

तस्वीर सौजन्य: हरिकुमार श्रेष्ठ

Post Comment