भारतलाई दोस लाएर मात्र नेपालको सबै समस्या समाधान हुदैन– मिनेन्द्र रिजाल

अमेरिका राजनीति

नातिबाबु भट्ट

कोलोराडो, नोभेम्बर १३, २०१६ । पूर्व सुचना तथा संचार मन्त्रि, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सभाषद मिनिन्द्र रिजाल संग कोलोराडो बासी नेपालीहरुले आज नेपालको समसामहिक बिषयमा अन्तरकृया गरेका छन् ।

नेपाली जनसंम्पर्क समिती कोलोराडो च्याप्टरको आयोजनामा सम्पन्न अन्तरकृया कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधी, ब्यवसाही, पत्रकार तथा सर्वसाधारणहरुको उपस्थिती रहेको थियो । छलफल तथा अन्तरकृयाको क्रममा सहभागीहरुले नेपालको संविधान संशोधन, मधेषको माग, अंगिकृतलाई देशको महत्वपुर्ण पदमा दिने बिषयमा भएको हल्ला, नेपालको बैदेसिक निती, भुकम्प पिडीतलाई राहत, राष्ट्रपति आउदा दिईएको सार्वजानिक बिदा, नेपालबाट यूवाहरु पलायन हुनुपर्ने अबस्था कहिले सम्म, चुनाब, दोहोरो नागरिकता र नेपाली कांग्रसको आगामी रणनितीका बारेमा प्रष्ट्याउन पूर्व सुचना तथा संचार मन्त्रि, नेपाली कांग्रेसका केन्द्रिय सदस्य सभाषद मिनिन्द्र रिजालाई आग्रह गरेका थिए ।

यसरी आग्रह गर्नेहरुमा नेपाली जनसम्पर्क समिती अमेरीकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, नेपाली कांग्रेस गोरखाका पुर्व जिल्ला सभापति तथा जनसम्पर्क समिती अमेरिकाका सल्लाहकार बुद्धी लामीछाने, नेपाली जनसम्पर्क समिती पुर्व केन्द्रिय सदस्य जगन्नाथ गौतम, रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, नेपाली घरका अध्यक्ष योगराज गौतम, तमुधी कोलोराडोका अध्यक्ष चन्द्र गुरुङ, एनआरएन कोलोराडोका अध्यक्ष बासुदेव खनाल, नेवा खलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, यूएस नेपाल न्यूजका बिकल पराजुली र गजेन्द्र अधिकारी लगायतका ब्यक्तिहरु रहेका थिए ।

सहभागीहरुको जिज्ञासा समाधान गर्ने क्रममा रिजालले देश अझै संक्रमण कालिन अबस्थामा रहेको, स्थिर सरकार बन्न नसक्दा देश बिकासले गती लिन नसकेको, अंगिकृतलाई देशको महत्वपुर्ण पदमा जस्तै प्रधान मन्त्रि, राष्ट्रपती दिने भन्ने हल्लामात्र भएको, ठुलो देश र खुल्ला सिमा भएको कारण भारत संग टक्कर लिएर,गाली गरेर नेपालको समस्या समाधान नहुने, बरु चलाखी पुर्वक फकाएर बढि सुबिधा लिने तर्फ अग्रसर हुनुपर्ने, युवालाई स्वदेशमानै बसेर सृजनशिल काम गर्न सामाजिक संजालमार्फत प्रवासीले गहन भुमीका निभाउन सकिने जस्ता तर्क गर्दै सहभागीहरुको जिज्ञासा समाधान गर्ने प्रयास गरेका थिए ।
उनले नेतालाई गालीगरेर मात्र अहिले नेपालको समस्या समाधान हुने अबस्थामा नभएकोले सबैलाई एकजुट भएर देश बिकासमा साथ दिन आग्रह गरे ।

कार्यक्रम नेपाली जन सम्पर्क समिती कोलोराडो च्याप्टरका अध्यक्ष गणेशराज भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

dsc_0005

dsc_0045

nov-njss-201610015

nov-njss-201610019

nov-njss-201610057

nov-njss-201610017

nov-njss-201610027

nov-njss-201610033

nov-njss-201610012

nov-njss-201610036

nov-njss-201610014

तस्विर: नातिबाबु भट्ट र विकल पराजुली 

Post Comment