१०मंसिर। अमेरिकाको लुईस्वील केंट्कीमा आज दुईजनाको गोलीहानी हत्या भएको छ। उक्त घटनामा चारजना घाईते भएका छन।
लुईसवील मेट्रो प्रहरी विभागका प्रवक्ता ड्वाईड मिचेलका अनुसार स्वानी पार्कमा युवाहरुको वार्षिक फुटवल प्रतियोगिता भईरहेको र फुटवल हेर्नकोलागि मानिसहरुको ठुलो भिडलागेको बेलामा करीब १ः३० बजे घटना घटेको थियो।
प्रहरीको बयान अनुसार प्रहरी अधिकारीहरु घटना स्थलमा पुग्दा दुई जना काला पुरुषहरुको मृत्यु भईसकेको र अन्य ४ जना घाईतेहरुलाई केहि व्यक्तिहरुले नजिकैको अस्पताल पु¥याईसकेका थिए।
स्थानीय संचार माध्यमसँग कुरागर्दै मिचेलले भने “यो अत्यान्त त्रासदीपूर्ण घटना घटेको छ र म दुखित छु। शहरमा निक्कै छोटो समयमा १०० भन्दा बढिको हत्या भईसकेको छ।” उक्त सुटिङ प्रकरणको छानविन भईरहेको जनाईएको छ तर अहिले सम्म कसैलाई पनि अनुसन्धानका लागि गिरफ्तार गरिएको छैन।