उत्तर कोरियाली कम्पनिमाथि अमेरिकाको प्रतिबन्ध।

अन्तर्राष्ट्रिय समाचार अमेरिका

१८ मंसिर। अमेरिकाले उत्तर कोरिया सरकारसँग सम्बन्ध बढाएको आरोपमा उत्तरकोरियाका सात नागरिक र १६ कम्पनिहरुलाई शुक्रबार कालो सुचिमा राखेको छ।
अमेरिकाको वित्तीय विभागले एक बयानमा उत्तर कोरियाको सरकार र परमाणु तथा हतियार कार्यक्रममा संलग्न भएको आरोपमा सात व्यक्ति तथा कम्पनिलाई कालो सुचिमा राखिएको बताएको छ ।
वित्तीय विभागका अनुसार कालोसुचीमा राखिएको व्यक्तिहरुमा कोहि उत्तर कोरियाका परमाणु उर्जा मन्त्रालयमा अधिकारी तथा सतारुढ पार्टीका कार्यकर्ता भएको जनाएको छ । जुन कम्पनिहरुलाई कालो सुचिमा राखिएको छ, त्यसमा उत्तर कोरियाको सरकारी विमान कम्पनि एअर कोरयोमा वित्तीय सेवा प्रदान गर्ने छ कम्पनिका साथ धातु,कोइला र खनिजसँग संलग्न कम्पनि भएको बताएको छ ।
उत्तर कोरियाले गत सेप्टेम्बरमा पाँचौ र सबैभन्दा ठूलो परमाणु परिक्षण गरेको थियो।

Post Comment