महाबीर पुनको सिकागोवासीसंग अन्तरक्रिया कार्यक्रम

अमेरिका

नेपाल आबिस्कार केन्द्रका अध्यक्ष तथा बिश्व बिख्यात मेगासेसे पुरस्कारबाट सम्मानित महाबीर पुन डिसेम्बर ११ का दिन इलिनोइ राज्यको सिकागो शहरमा आउदै हुनुहुन्छ । नेपालमा एउटा सुबिधा सम्पन्न आविस्कार केन्द्र निर्माण गर्ने पबित्र उद्धेश्य राखेर स्वदेश तथा बिदेशका सबै तह र तप्काका जनसमुदायसंग अन्तरक्रिया गर्ने अभियान अन्तर्गत पुन सिकागो आउदै हुनुहुन्छ ।

महाबीर पुनको सिकागोको कार्यक्रम गैह्र आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको इलिनोइ च्याप्टरले आयोजना गर्ने भएको छ ।

कार्यक्रमका बारेमा प्रष्ट पार्दै इलिनोइ च्याप्टरका सचिब सत्य नारायण चौधरीले अन्तरक्रिया कार्यक्रम स्थानिय इभान्ष्टन शहरको ६३० चर्च स्ट्रिटमा अबस्थित माउंट एभरेष्ट रेस्टुरेंटमा डिसेम्बर ११, २०१६ आइतबारका दिन सांझ ३ बजे देखी ५ बजे सम्म र त्यस पछि फंड रेइजिंग डीनरको आयोजना गरिएको कुरा बताउनु भयो ।

महाबीर पुन को आसन्न कार्यक्रम आयोजना गर्न सिकागोका स्थानीय संघ संस्थाहरुको समेत सहयोग रहने कुरा समेत सचिब चौधरीले जानकारी गराउनु भयो ।

Post Comment