स्वदेशमा होश या विदेशमा जहा नेवारी समुदायको वसोवास रहन्छ त्यहा नेवारी पर्वहरु मनाएको हुन्छ । योमरी पुन्ही हरेक वर्ष मङसीर महिनाको पूर्णीमा दिनमा मनाउने गरिन्छ । योमरी पुन्ही संगै नेवारी समुदायहरुको पर्व सुरु भएको अनुभुती हुन्छ । योमरी पुन्हीको दिन, दिन रात बराबर हुने दिन हो । यो को अर्थ मन र मरीको अर्थ रोटी हो । नेवारी समुदायको एक प्रकारको मन पर्ने परिकार रोटी हो । जहाँ किसानहरुले खेतबारीमा उब्जीयको अन्न बाली घरमा भित्रयाईन्छ नयाँ बालीको धानबाट चामलको पिठो तयार पारी योमरी बनाईन्छ र धानसार ढुकुटी, भकारीमा पूजा गरिन्छ । योमरी पुन्हीको सुरुआत चलन काभ्रे जिल्लाको पनौतीबाट सुरु भएको मानिन्छ ।
योमरी कसरी बनाईन्छ, कुन चिजको आबश्यकता पर्दछ खानालाई उपयुक्त छ वा छैन भन्ने बिषयमा जिज्ञासा हुनु स्वाभाविक हो । चामलको पीठा , तिल , चाकु (सखर) मुख्य सामाग्री हो । चामलको पीठालाई तातो पानीले मज्जाले हातले मुछिनु पर्दछ । पीठा लयालु भए पछि नरम सुतीको कपडाले बेरी आरीले छोपेर राख्नु पर्दछ । तातो पानीमा सखर , तिल मिसाइ उमालि लेदो बनाईन्छ । आरीमा छोपेर राखिएको पीठाको डल्लाबाट थोरै थोरै झिकि लिने बायाँ हातको हत्केलामा राखेर दाहिने हातको चोर औलाले थिच्दै भित्र खोक्रो पारी त्यस खोक्रो भित्र चाकु राखि बिस्तारै खोक्रो दुलोलाई बन्द गर्नु पर्दछ ।
तयारी भएको योमरीलाई ममो पकाउने भाडोमा राखि पानीको वाफले पकाइन्छ । भाडो भित्र राखिएको योकरी चिल्लो पाके पछि भाडाबाट निकाली हावा दिनु पर्दछ । हम्कीनु, हावा दिनुले योकरी चिल्लो राम्रो देखिन्छ र खानाको लागि योमरी तयार हुन्छ । चाकु खानाले हाम्रो शरीरलाई चिसोबाट बचाउछ भने शरीरलाई ताप लिने कार्य गर्दछ । चिल्लोपन नभएकोले खानाको लागि हितकार हुन्छ । योमरी खादा स्वास्थ्यका लागि राम्रो हो । नेवारी समुदायको मात्र नभएर नेपालको संस्कृति पनि योमरी पुन्ही हो । नेवारी सन्तानमा जन्मिएका बच्चाहरु दुइ र चार बर्षको शुभ जन्मोत्सव मनाउदा योमरीको माला लगाई दिने चलन पनि छ । योमरीले सुख शान्तिको सन्देश दिने गर्दछ । तयारी योमरी छरछिमेकी र माग्न आउनेको लागि निःशुल्क दिईन्छ ।
अमेरीकाको कोलोराडो राज्यमा रहेको कोलोराडो नेवाः खलःको आयोजनामा लङ्गमन्थ सिटि स्थित एभरेष्ट् रेष्टुरेन्टमा भेला भएको समुदायहरुले उल्लासको वातवरणमा आफुले जानेका योमरी बनाई एक आपसमा खुसीयाली साटा साट भै रहेकोछ । योमरी पुन्हीको यो अवसरमा एक आपसमा भेट घाट ,परिचय हुने अवसर मिलेको छ । हिँउ र चिसोको पनि प्रवाहा नगरि आफनो चाड मनाउन कोलोराडो स्प्रीङ्ग, सेन्टीनियल, गोल्डेन, अर्भडा, अरोरा, वेस्टमिनिस्टर, थोटन, डेनभर, बोल्डर, सुपरिएर, इरि र लङ्गमन्ट सिटिबाट मानिसहरुका उपस्थित रहेको थियो । सहभागीहरुबाट प्रति व्यक्ति पाँच डलर योमरी पुन्हीका लागि सहयोग लिईएको थियो ।
कार्यक्रममा स्थानीय गायक प्रमोद श्रेष्ठ र जोशन श्रेष्ठको मिठास स्वरले सहभागीहरुलाई मनोरन्जन दिलाएको छ भने योमरी बनाउन महिला तथा पुरुषहरु सहभागी छ । कोलोराडो नेवाः खलःको अध्यक्ष प्रेम काजी श्रेष्ठले उपस्थित सहभागीहरुलाई नेवारी भाषा र नेपाली भाषामा स्वागत सम्बोधन गर्दै कार्यक्रमको उदैश् बारेमा जानकारी गराउनु साथै योमरी पुन्ही कार्याक्रममा योमरी सामाग्री ,साउण्ड बक्स(माईक) ,सयबजीको सहयोग गर्नु हुने नारायण (सानु) श्रेष्ठ, मोहन श्रेष्ठ ,प्रमोद श्रेष्ठ , जोशन श्रेष्ठ र एभरेष्ट् रेष्टुरेन्ट लङ्गमन्थ परिवारलाई मोहन श्रेष्ठले धन्यवाद दिनु भएको थियो ।
कोलोराडो राज्यका सकृय सामाजिक संघ सस्थाहरु मध्ये उपस्थित रकी माउण्टेड फ्रेडस अफ नेपालका महासचिव बिनोद त्रिपाठी , नेपाली घरका निबर्तमान संस्थापक अध्यक्ष नारायण (सानु) श्रेष्ठ, नेपाली जन सम्पर्क समिति कोलोराडो च्याप्टरका सभापति गणेश भण्डारी, संखुवा सभा कम्युनिटि अफ यु एस ए अमेरीकाका अध्यक्ष श्रीमति शान्ति श्रेष्ठ, हिमालय लायन्स कल्ब लङ्गमन्टका सभापति जोशन श्रेष्ठ, नेपाली जन सम्पर्क समिति अमेरीकाको केन्द्रिय उपाध्यक्ष धर्मराज श्रेष्ठ, बि आर टि नेपालका शैलेस पोखरेलको कार्यक्रममा परिचय गराइएको थियो ।
कार्यक्रम सुरु हुनु भन्दा अगाडि सामूहिक नेवारी गीतबाट कार्यक्रम सुरु गरी प्रमुख अथिति प्रोफेसर डा.बिष्णु बहादुर श्रेष्ठले उपस्थित सबैलाई तोरङ्ग लगाई दिनु भएको र मोहन श्रेष्ठले योमरी वितरण गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अथिति प्रोफेसर डा.बिष्णु बहादुर श्रेष्ठले सहभागीहरुलाई सम्बोधन गर्दै संखुवा सभा समाज अमेरीकाबाट आफुले एउटा पाठ सिकेको कुरा जानकारी गराउनु भै नेवारी कमिनिटिले पनि नेवारीहरुलाई मात्र नसमेटेर सम्पूर्ण नेपालीहरुलाई समेटेर नेवारी भाषा ,कला,संस्कृतिलाई जोगाई राख्नु पर्ने , नेवारी कमिनिटिले नेवारहरुको लागि मात्र नभएर नेपालीहरुलाई पर्न गएको आपत विपत्मा मानवीय सहयोग गर्ने भावाना उदारवादी लियौ भन्ने मार्ग निर्देशन मन्तब्य दिनु भै आयोजक समुदायलाई धन्यबाद दिनु भएको थियो ।
कार्यक्रममा धरान उपनगरपमलिका वाड नं.३ गल्ली टोल निवासी शिक्षा निकेतन उच्च माध्यमिक बिद्यालय कक्षा १० मा अध्ययनरत छात्रा १५ बर्षीय नइशा शााक्य एप्लाष्टिक एनिमिया (बल्ड क्यानसर) रोगले ग्रसित भै कर्मचारी अस्पताल काठमाण्डौमा उपचार गरी रहेकी आर्थिक स्थिति दयनीय भै उपचारमा समस्या भएको कारणले सहयोग गरी दिन अनुरोध भए मुताविक उपस्थित महानुभावहरुबाट छसय सत्तरी डलर सहयोग प्राप्त भएको मध्ये शिक्षा निकेतन उच्च माध्यमिक बिद्यालय धरान ३ का पूर्व शिक्षक हाल अमेरीका कोलोराडो राज्य गोल्डेन निवासी प्रोफेसर डा.बिष्णु बहादुर श्रेष्ठले एक सय एकाउन्न डलर सहयोग गर्नु भएको थियो ।
कार्यक्रमको अन्तमा एभरेष्ट रेस्टुरेन्टको सौजन्यमा सयबजीको ब्यबस्था गरिएको हुदा स्वादिष्ठ खाना लिदै एक आपसमा गफ गाफमा व्यस्थ देखिन्थ्यो । आउदो २०१७ को समरमा पटलक पिकनिकको आयोजना गरिने कुरा घोषणा सहित योमरी पुन्ही कार्यक्रममा बाक्लो उपस्थिति विच समापन गरिएको थियो ।