कोलोराडो, अमेरीका । नेपालीहरुको सकृयतामा गठित लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा शनिबार घरबार बिहिनलाई नेपाली खाना बितरण कार्यक्रम सम्पन्न भयो ।
लङमन्ट नगर स्थित आवर सेन्टरमा आयोजित खाना बितरण कार्यक्रममा झण्डै २ सय घरबार बिहिनहरुले नेपाली खाना दाल,भात, तरकारीको स्वाद मानी खुशी साथ खाएका थिए । उनीहरु ढोकाबाट भित्र पस्दा ओ स्मेल्स् गुड भन्दै पसेका थिए ।
खाना बितरण कार्यक्रमलाई सफलताका साथ सफल पार्न स्थानीय सुपर मार्केट ब्यवसाही तथा अन्य लायन्स क्लबहरुले पनि सहयोग गरेका थिए । यसरी सहयोग गर्नेहरुमा कोलम्बियन लायन्स क्लबले डेजड्, स्याम्स् क्लब, किङ्ग सुपर, सेफ वे, स्प्राउट, कृष्ण ग्रोसरी, अल बंपर डटकम, अन्जु श्रेष्ठ लगायतले नगद सहयोग गरेका थिए ।
शनिबार ११:३० देखि सुरु भएको खाना बितरण कार्यक्रम दिउसो १:३० बजे सम्म संचालन भएको थियो । खाना स्थानीय एभरेष्ट रेष्टुरेन्टमा तयार गरि उपलब्ध गराईएको थियो ।
खना बितरण स्थल आवर सेन्टरमा बिहान ९ बजे देखिनै आयोजक लङमन्ट हिमालयज लायन्स क्लबका पदाधिकारी, स्थानीय समाज सेबी लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर केननोर गिल, डिष्ट्रिक क्याबिनेट सेक्रेटरी मिगेल गिल, ग्वोवल मेम्बर चेयर पर्शन केवमेण्डल हल, आवर सेन्टरका सुपरभाईजर केण्डी, ८३ बर्षिया पेज बर्नहन्ट ६–७ बर्षका बाल बालिकाहरु संस्कार श्रेष्ठ, आर्यन श्रेष्ठ, बलाम श्रेष्ठ लगायत सुदक्षिणा भट्ट, आश्विनी श्रेष्ठ र सुदिक्षा भट्टले समेत सक्रिय रुपमा स्वयंसेबक भई काम गरेका थिए ।