ट्रम्प र ओबामा बिच फोन वार्ता।

अमेरिका

१४ पौष। अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र निवर्तमान राष्ट्रपति बाराक ओबामा बिच पछिल्लो चरणमा सत्ता संचालनको बिषयमा कुराकानी भएको छ। ट्रम्पले हिजो एक रिर्पोटमा सम्वादाताहरुसँग भनेका छन “ओबामाले मलाई फोन गरे र हाम्रो बिच केहि मुद्धामा धेरै राम्रो कुराकानी र छलफल भयो। यो एकदमै राम्रो फोन थियो”।
ट्रम्पले भने “सत्ता परिवर्तनको समयमा पनि हाम्रा कर्मचारीहरु निवर्तमान प्रसासनसँग निकै राम्रोसँग काम गरेका छन र मैले पनि यी सबै कुराहरु राम्रोसँग बुझिरहेको छु”। यस भन्दा केहि दिन पहिले ट्रम्पले ओवामालाई आरोप लगाउदै ट्वीट गरेका थिए। ट्वीटमा उनले भनेका थिए “ राष्ट्रपति ओबामाले गरेको मेरो विरुद्धको भाषण र विभिन्न अबरोधहरु पछि पनि मैले आफ्नो तर्फबाट राम्रो गर्ने प्रयास गरिरहेको छु तर लागेको छैन की यो परिवर्तन ठिक तरिकासँग होला भनेर”।

Post Comment