२६ पौष। अमेरिकाको फ्लोरिडामा आफ्नी महिला साथिको हत्यागर्ने एक अपराधिले एक पुलिस अधिकारीलाई गोली हानी घाइते बनाएको छ। यसै क्रममा उक्त अपराधिको खोज तलासको लागि मोटरसाइकलमा निस्कियका एक पुलिस कर्मिलाइ एउटा भ्यानले ठ्क्कर दिदा उक्त पुलिसको मृत्यु भएको छ।
पुलिसले उक्त अपराधिको पक्राउका लागि व्यापक खोज तलास सुरु गरिसकेको छ। र उक्त अपराधिलाई फेला पार्ने व्यक्तिलाई ६० हजार डलर इमान दिने घोषण गरेको छ। प्रहरीले उसको खोजका लागि हिलिकप्टरको समेत मद्धत लिएको छ भने प्रत्येक घरमा गएर सोध्पुच्छ गर्ने कार्य सुरु गरेको जानकारी ओर्लान्डो प्रहरी प्रमुखले दिएका छन।
प्रहरी प्रमुखका अनुसार उक्त अपराधिले प्रहरी अधिकारीलाइ गोली हानी घाइते बनाएको र त्यस प्रश्चात उक्त अपराधिलाई खोज तलासिको लागि मोटरसाइकलमा गएका एक पुलिसलाई भ्यानले ठ्क्कर दिएर मारिएपछि सम्पुर्ण प्रहरी विभाग स्तब्ध बनेको बताएका छन।