अमेरिकामा नागरिकहरुका लागि स्वास्थ्य बीमाः ट्रम्प।

अमेरिका

३ माघ। अमेरिकाका आगामी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्पूर्ण नागरिकहरुका लागि स्वास्थ्य बीमा गराउन चाहान्छन्। यस कदमको अमेरिकामा छलफल सुरु भएको छ। यहाँ लाखौं मानिसहरुको स्वास्थ्य बीमा गरिएको छैन। त्यसैले उनले स्वास्थ्य बीमा सम्बन्धि कुराहरुलाई आफ्नो चुनावी दस्तावेजमा नै राखेका थिए।
ट्रम्पले शनिवार टेलिफोन मार्फत ‘वाशिंगटन पोस्ट’ नामक अखबारमा बताएका छन् कि सबैका लागि बीमा गराउन चाहान्छु। उनले औषधि कम्पनिहरुलाई वृद्ध र कम आय भएका अमेरिकीहरुको लागि सरकारी योजनाको अनुसारको औषधि उपलब्ध गराउनका लागि सरकार सँग सिधा अन्र्तक्रिया गर्न अनुरोध गरेका छन्। ठूला ठूला फर्मा कम्पनिहरुको बारेमा ट्रम्पले भनेका छन् “तिनीहरु राजनैतिक रुपले संरक्षित थिए तर अब यस्तो हुदैन”।
डोनाल्ड ट्रम्पले यहि २० जनवरीमा राष्ट्रपति पदको सपथ ग्रहण गर्दै छन्।

Post Comment