अमेरिकामा तुफानका कारण १८ को मृत्यु २३ घाईते।

अन्तर्राष्ट्रिय समाचार अमेरिका

१० माघ। दक्षिणी अमेरिकाको जर्जियामा आएको तुफानबाट विभिन्न स्थानमा गरि १८ जनाको ज्यान गएको छ भने २३ जना भन्दा धेरै घाईते भएका छन्। देशको दक्षिणी भागमा तुफानको कारण १८जनाको मृत्यु भएको समाचार एजेन्सी एफे ले आपतकालिन प्रबन्धनको उदृत गर्दै पुष्टि गरेको छ। प्रशासनको अनुसार दक्षिणी जर्जियामा तुफान आउन सक्ने चेतावनी समेत दिईएको थियो।
तुफानको कारण कुक काउंटीमा सात तथा ब्रुक्स र बेरियन काउंटीमा चार जनाको मृत्यु भएको छ। शनिबार तुफानको कारणले नै मिसिसिपीमा चार जनाको ज्यान गएको थियो।
देशको दक्षिणी भागमा पछिल्लो हप्ताको अन्त्यमा स्थानीय प्रशासनले तुफानबाट सतर्क रहन चेतावनी समेत जारी गरेको छ। यस्तै आईतवार बेलुका सम्म अलाबामा, दक्षिणी जर्जिया र उत्तरी फ्लारिडासम्म चेतावनी क्षेत्र बढाएको छ।

Post Comment